विराटनगर : मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी –४ स्थित ओम सत्य साई पेट्रोल पम्प अगाडि दुर्घटना भएको हो ।
दुर्घटनामा परी सप्तरी घर भएका २८ वर्षीय डाक्टर निरज यादवको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–००१ क ००९५ नम्बरको टिपर एकापसमा ठक्कर हुदाँ मोटरसाइकलमा सवार यादव गम्भीर घाइते भएका थिए ।
उपचारका लागि तत्काल उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पुर्याइएको भए पनि अस्पताल पुर्याएको केही समय पछि यादवको मृत्यु भएको थियो ।
मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।