विराटनगर : मोरङको सुनवर्षीमा एक युवाले आतमदाहको प्रयास गरेका छन् ।
सोमबार दिउँसो झापाको गौरादह नगरपालिका ६ घर भएका अन्दाजी २० वर्षीय अभिषेक सिंहले पेट्रोल छर्किएर शरीरमा आगो लगाउँदै आत्मदाहको प्रयास गरेका हुन् ।
उनले सुनवर्षी नगरपालिका ९ स्थित आदर्श माध्यमिक विद्यालय नजिककै आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
झापा घर भएका उनी मामा घर आएका हुन् । उनले आत्मदाहको प्रयास किन गरे भन्ने कुरा खुल्न बाँकि रहेको बताए ।
स्थानीयले शरीरमा लागेको आगो निभाएर घाइते अवस्थाका सिंहलाई उद्धार गर्दै उपचारका लागि रंगेली अस्पतालमा ल्याएका थिए । प्रहरीका अनुसार आगोले सिंहको छात्ती, हात, खुट्टालगायत शरीरका विभिन्न भाग जलेको छ । गम्भीर अवस्थाका उनलाई थप उपचारका लागि आफन्तले विराटनगर ल्याएको प्रहरीले जनाएको छ।