Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपसभामुख दनुवार डिस्चार्ज



विराटनगर : मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार डिस्चार्ज भएकी छिन् । काठमाडौंको गंगालाल हृदय रोग केन्द्रमा उपचार गराइरहेकी उनको शुक्रबार डिस्चार्ज भएको हो ।

४ साउनमा दनुवार एकाएक काठमाडौंको गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएकी थिइन् । त्यो दिन कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन थियो ।

सत्ता पक्षले विश्वासको मत लिने दिन अप्ठ्यारो पार्नेगरी उनी बाहाना बनाएर काठमाडौं गएको आरोप लगाएका थिए ।

दनुवारले तीन दिन अस्पालमा बसेर उपचार गराएपछि आज डिस्चार्ज भएको जानकारी दिइन् । डिस्चार्ज भएपनि उनलाई चिकित्सकहरुले केही समयमा आरा मगर्न सुझाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार