Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शिक्षकहरुको माग सम्बोधन गरेर मात्रै शिक्षा विधेयक पास गर्न गौतमको आग्रह



विराटनगर : नेकपा एमालेका कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमले सरकारले शिक्षकहरुको मागको सम्बोधन गरेर मात्रै शिक्षा विधेयक सदनमा पेस गर्नुपर्ने माग राखेका छन् ।

शुक्रबार प्रदेशसभाको बैठकमा बोल्दै सांसद गौतमले शिक्षा विधेयकका विषयलाई लिएर शिक्षकहरु आन्दोलनमा रहेको र उनीहरुको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए ।

‘शिक्षासम्बन्धी नवौं संशोधनबाट काम भइरहेको छ। अहिले दशौं संशोधनको क्रममा आउँदा विरोध सुरु भयो,’ उनले भने, ‘शिक्षा विधेयक सदनमा पास गरेपछि त्यो ऐन हुने र सोहीको भावनाअनुरुप प्रदेशले पनि गर्नेछ। तर, अहिले सिंगो शिक्षक महासंघ आन्दोलनमा रहेकाले शिक्षकको मागको सम्बोधन गर्नुपर्छ।’

यस्तै अािर्थक क्षेत्रमा देखिएको संकटका कारण मुलुकको अर्थतन्त्रमा समस्या आइरहेकाले सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार