Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु



विराटनगर : उदयपुरमा स्याउला काट्न रुख चढेकी एक महिलाको लडेर मृत्यु भएको छ ।

बिहीबार साँझ घर नजिकैको जंगलमा घाँस काट्न गएकी त्रियुगा नगरपालिका– १३ भातीखर्क घर भई वडा नं ११ पिजी चोक बस्ने एक ३५ वर्षीया अनिता खड्काको मृत्यु भएको हो ।

बेलुकी ६ बजेतिर भातीखर्कबाट नजिकैको जंगलमा खसी, बाख्रालाई स्याउला काट्न गएकी खड्का हाडेको रुखमा चढेर स्याउला काट्न लाग्दा हाँगा भाँचिएर लडेकी थिइन् ।

लडेर सख्त घाइते भएकी उनलाईतत्काल स्थानीयवासीले उपचारका लागि जिल्ला अस्पतालमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

खड्काको शवलाई जिल्ला अस्पतालमा नै शव परीक्षण गर्ने तयारी भइरहेको उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार