विराटनगर : कोशी प्रदेशसभा सदस्य विदुर लिङ्थेपले संखुवासभा कारागारमा भएको कैदीबन्दी मृत्यु घटनाले दुखी बनाएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।
शुक्रबार प्रदेशसभाको शुन्य समयमा बोल्दै उनले अपराधिलाई तत्काल कारबाही गरी पीडित पक्षलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
यस्तै उनले केही महिनाअघि संखुवासभामा आएको बाढी पहिरोबाट पीडित बनेकाहरुलाई सरकारले वेवास्ता गरेको आरोप लगाउँदै राहत उपलब्ध गराउन माग गरेका छन् ।