विराटनगर : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मोरङका विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ । अमनलाल मोदी मन्त्रीबाट विदा हुँदै गर्दा उनीहरुको सरुवा भएको हो ।
मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बरालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा सरुवा भएको छ । उनको स्थानमा मुख्यमन्त्री कार्यालयका सुवास श्रेष्ठको सरुवा भएको छ ।
यस्तै ग्रामथान गाउँपालिकामा जिल्ला समन्व्य समितिका हरिप्रसाद भट्टराईको सरुवा भएको छ । त्यहाँका प्रमुख प्रशासकीय अधिकृत मनोज शाहको कटहरी गाउँपालिकामा सरुवा भएको छ ।
जहदा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा न्यौपानेको मुख्यमन्त्री कार्यालय र उनको स्थानमा सुरेन्द्र यादवको सरुवा भएको छ ।
बेलबारीका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीको दमक नगरपालिकामा सरुवा भएको छ । उनको ठाउँमा पनि नयाँ कार्यकारी पठाउने मन्त्रालयले तयारी गरेको छ ।
त्यस्तै उर्लाबारी नगरपालिका अग्नी अधिकारीको ठाउँमा पनि यसै हप्ता नयाँ कार्यकारी पठाउने मन्त्रालय स्रोतले जानकारी दिएको छ । पछिल्लो सरुवाको नाम लिस्ट सार्वजनिक नगरिएको मन्त्रालयका एकजना उपसचिवले जानकारी दिए ।
पथरीशनिश्चरे नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा शशी राई आएका छन् ।