विराटनगर : नेकपा माओवादी केन्द्रले सुरु गरेको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका कोशी प्रदेशमा नेताहरुको कार्यविभाजन भएको छ ।
विराटनगरमा प्रदेश इन्चार्ज चक्रपाणि खनालसहितको उपस्थितिमा भएको प्रदेश समितिको पाँचौ पूर्ण बैठकले प्रदेशमा रहेका केन्द्रीय सदस्य, केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य, केन्द्रीय सल्लाहकार सदस्य, केन्द्रीय परिषद् सदस्य र केन्द्रय विभागका सदस्यहरुको कार्यविभाजन गरेको हो ।
अभियानका लागि कोशी प्रदेशका १४ वटै जिल्लामा इन्चार्ज तोकिएको छ । मोरङमा समिता कार्की, सुनसरीमा मणि खम्बू किराती, झापामा राजेन्द्र कार्की, ताप्लेजुङमा सिता थेबे, पाँचथरमा झलकसिंह दर्लामी र इलाममा कुलप्रसाद साम्बा अभियानका लागि इन्चार्ज बनेका छन् ।
यस्तै तेह्रथुममा खेलप्रसाद बुढाथोकी, संखुवासभामा हेमकुमार राई, भोजपुरमा शिवबहादुर बस्नेत, खोटाङमा चम्पा कार्की, सोलुखुम्बुमा एकचन्द्र बराल, ओखलढुंगामा धिरेन्द्र शर्मा र उदयपुरमा धनमाया बिकलाई इन्चार्जको जिम्मेवारी तोकेको हो ।
आन्तरिक विवादका कारण धनकुटामा भने इन्चार्ज तोकिएको छैन् । धनकुटामा प्रदेश समिति सचिवालयबाटै इन्चार्जसीप गर्ने निर्णय भएको छ ।
बैठकले विराटनगर महानगरपालिकाको इन्चार्जमा दुर्गाप्रसाद चापागाईंलाई जिम्मेवारी दिएको छ ।
बैठकले प्रदेशका १३७ वटै पालिकाको इन्चार्जहरु समेत तोकेको छ ।