Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उपयुक्त समय हेरेर सरकारले चाँडै विश्वासको मत लिन्छ : मुख्यमन्त्री थापा



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले चाँडै विश्वासको मत लिने बताएका छन् ।

बुधबार प्रदेश प्रमुखको कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै थापाले प्रदेशसभा सञ्चालन भएपछि उपयुक्त समय हेरेर विश्वासको मत लिने बताए ।

थापाले आज कांग्रेसका गयानन्द मण्डललाई कृषि राज्यमन्त्री नियुक्त गरेका छन् । मण्डल प्रदेशसभामा जेष्ठ सदस्य हुन् । मुख्यमन्त्री थापाले विश्वासको मतपछि गठबन्धन दलहरुबाट थप मन्त्री नियुक्त गर्ने बताए ।

अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सदनमा रोकिएमा प्रतिपक्षसँग सहमति कायम गरी पास गराउने थापाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार