Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बेलबारीमा करेन्ट लागेर एक जनाको मृत्यु



विराटनगर : मोरङको बेलबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार घरमा जडान गरेको पंखा चलाउने क्रममा करेन्ट लाग्दा बेलबारी ५ का २५ वर्षीय प्रेम माझीको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार