विराटनगर : इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक ढुन्डीराज गिरीको सरुवा भएको छ । उनको नेपाल प्रहरी प्रदेश कार्यालय केन्द्रीय अनुसन्धान इकाइ धरान, सुनसरीमा सरुवा भएको हो ।
गिरीको सरुवा भएसँगै सिजुवाको नयाँ प्रहरी निरीक्षमा दिपक खरेलको सरुवा भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय कानुन तथा मानव अधिकार शाखा विराटनगरबाट खरेलको सिजुवामा सरुवा भएको हो ।
प्रहरी प्रधान कार्यालयले मंगलबार एकै पटक ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षब बशन्त कुँवरले एकैपटक १ हजार २२ जना इन्स्पेक्टरहरुको सरुवा गरेका हुन् ।
लामो समयदेखि रोकिएको प्रहरी निरीक्षक सरुवाको निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।