विराटनगर : ताप्लेजुङको मैवाखोला गाउँपालिका ५ फाकुम्बाकी ६३ वर्षीया आमा धनमाया लिम्बूको हत्या भएको छ ।
सोमबार बिहान करिब १० बजे धारिलो हतियार बाम्फोकले प्रहार गरी लिम्बूको हत्या गरिएको हो ।
लिम्बूको हत्या उनकै ३३ वर्षीय छोरा डिल्ली कुमार लिम्बूले गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आमाको हत्या गरेको आरोपमा प्रहरीले डिल्लीलाई पक्राउ गरेको छ ।
घटनालगत्तै प्रहरी चौकी साँघुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको बताइएको छ ।