काठमाडौं : ललितानिवास जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका नेता विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले बताएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी उच्च स्रोतले बताएको छ ।