Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



विराटनगर : उदयपुरको चौदण्डिगडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार नगरपालिकाको वडा नम्बर ६ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना चालकको मृत्यु भएको हो।

प्र. १०५००१ प ८५०५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाइकल चालक चौदण्डिगडी ७ का २३ वर्षीय दिपसन मगरको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार