Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दलका नेता विराटनगरतिर, सभामुख लागे बालुवाटार



विराटनगर : कोशी प्रदेशका सभामुख बाबुराम गौतम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार गएका छन् ।

प्रदेशमा गठबन्धनको सरकार बनाउन बहुमत नपुग्ने अवस्था आएकाले गौतमलाई राजीनामा दिन चौतर्फी दबाब आइरहेका बेला उनी बालुवाटार पुगेका हुन् ।

सत्ता गठबन्धनले बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सरकारको दाबी गर्ने तयारी गरेको छ ।

माओवादी कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि सभामुखको राजीनामा आउने बताइरहेका बेला गौतम प्रचण्ड भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ ।

यसअघि सरकार गठनको कसरतमा काठमाडौं पुगेका संसदीय दलका नेताहरु धमाधम विराटनगर आउन थालेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा केही समयअघि विराटनगर आइसकेका छन् ।

यस्तै नेकपा एमाले संसदीय दलका नेता, राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, भक्ति सिटौला पनि भर्खरै विराटनगर विमानस्थलमा आइपुगेका छन् । माओवादी संसदीय दलका नेता आङ्बो र नेकपा एसका नेता राजेन्द्र राई पनि विराटनगर आउने तयारीमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार