विराटनगर । विराटनगर बरगाछीमा रहेको स्तम्भ बुधबार साँझ फेरी तोडफोड भएको छ । केहि समय अगाडी ट्रकको ठक्करबाट ध्वस्त भएको स्तम्भ भर्खरमात्र पुर्ननिमार्ण सकिएको थियो ।
स्तम्भमा कृष्णप्रसाद कोइरालाको सालिक राखेर केहि दिनमा अनावरण गर्ने कार्यक्रम थियो । अनावरण गर्ने कार्यक्रम नजिकिदै गर्दा असन्तुष्ट काग्रेस कार्यक्रताले स्तम्भ तोडफोड गरेको बताइएको छ । विराटनगरमहानगरले निमार्ण गरेको सालिक निमार्णका समयमा आफुसंग छलफल र समन्वय नगरेको भन्दै स्थानीय काग्रेस कार्यक्रता रुष्ट थिए । तिनै कार्यक्रताले बुधबार साझ सालिक तोडफोड गरेको स्रोतको भनाइ छ । प्रहरीले भने सालिक तोडफोडमा सम्लग्नको खोजी भइरहेको जनाएको छ ।