विराटनगर : विराटनगरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । आइतबार बिहान विराटनगर महानगरपालिका वडा नम्बर १२ गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय मृत्यु भएको हो ।
मोरङ प्रहरीका अनुसार बिहान २ बजे मृत अवस्थामा रायको शव फेला परेको थियो ।
प्रहरी स्रोतका अनुसार शनिबार उनको श्रीमान् २३ वर्षीया सुरज शर्मासँग झगडा भएको थियोे । रायको माइती पक्षले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । सुरजले भने सुष्माले झुन्डिएर आत्महत्या गरेको बताएका छन् ।
उनीहरूले चार वर्ष अगाडि प्रेम विवाह गरेका थिए । उनीहरूका ३ वर्षको छोरी र ६ महिनाको छोरा छन् ।
घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।