विराटनगर : स्रोत नखुलेको करिब ८ लाख रुपैयाँसहित विराटनगरबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
शुक्रबार विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटमा बोलेरो गाडीसहित भारतीय नागरिक ८१ वर्षीय राम नरेश सिंह र रितेश देस्वान पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बल बराह बाहिनी सुनसरीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी)अन्जनीकुमार पोखरेलका अनुसार ७ लाख ७९ हजार भारतीय रुपैयाँ बरामद गरिएको छ।
बरामद भएको उक्त मुल्यको नेपाली मुल्य १२ लाख ४६ हजार ४ सय रहेको छ ।
पक्राउ परेको रकम र गाडीसहित उनीहरूलाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ।
श्रोत नखुलेको रकमसहित भारतीय नागरिकलाई पक्राउ गर्न सशस्त्र प्रहरी सहायक निरीक्षक प्रमेश श्रेष्ठको नेतृत्वको टोली परिचालन गरिएको थियो।