तस्बिर : सामाजिक सञ्जालबाट
विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको यातायात व्यवस्था कार्यालय कोशी प्रदेशमा सिटी सफारी चालकहरुले प्रदर्शन गर्दै नाराबाजी गरेका छन् ।
मंगलबार दिउँसो उनीहरुले विमा नगरी सिटी सफारी नवीकरण गर्न माग राख्दै प्रदर्शन गरेका हुन् । लाइसेन्सबिना काम गरिरहेका सिटी सफारीचालकलाई अनिवार्य बीमा गर्न लगाएर लुटतन्त्र मच्चाएको भन्दै उनीहरुले प्रदर्शनमा गरेको जनाएका छन् ।
सिटी चालकहरुले बिमा कम्पनीलाई संरक्षण गर्ने काम बन्द गर्न माग गरेका छन् ।
बिमा अनिवार्य नर्गन माग राख्दै आन्दोलन गरेका उनीहरुलाई यातायात व्यवस्था कार्यालय कोशी प्रदेशका प्रमुख राजकुमार गुप्ताले एक साताभित्रमा नीतिगत निर्णयमा सुधार गर्न पहल गर्ने आश्वासन दिएपछि प्रदर्शन रोकिएको थियो ।