विराटनगर : कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले धर्म र संस्कृतिको संरक्षण गर्नु सबै नागरिकको दायित्व भएको बताएकी छिन् । उदयपुरको गाईघाटस्थित शान्ति धाम परिसरमा त्रियुगा आरती स्थलको उद्धाटन गर्दै उनले सबै धर्म र संस्कृतीको संरक्षण सके स्वतः पहिचान प्राप्त हुने बताइन् ।
प्रदेश सरकारले हरेक जातजातीको भाषा, धर्म, संस्कार र संस्कृति, रितीरिवाजको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले धार्मिक क्षेत्रहरुको संरक्षण गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिका आवश्यक रहेको बताइन् ।
यस्तै पूर्व प्रदेशसभा सदस्य तथा एमाले नेतृ गीतादेवी रेग्मीले शान्ति धाम सबै जाती धर्म संस्कृितको प्रतिकको रुपमा रहेकाले यसको संरक्षण गर्नुसबैका दायित्व रहेको बताइन् ।
कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले त्रियुगा शान्ति धाम बहुसांस्कृतिक पहिचान भएकोले यसको प्रचारप्रसार गर्न सके त्रियुगा नगरपालिकामा आन्तरिक पर्यटनको संख्या वृद्धि हुने बताइन् ।
कोशी प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालय गाईघाटले २० लाख लागतमा आरती स्थल र आर्यघाटको लागि आवश्यक दाउरा गोदाम घर निर्माण गरेको छ ।