Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सप्तकोशी किनारमा तीन युवतीमाथि कुटपिट गर्ने समूहकी एक जना पक्राउ



विराटनगर : सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा दुई समूहबीच विवाद हुँदा कुटपिट भएको छ । पाँच जना युवतीको समूहले तीनजना युवतीमाथि निर्घात कुटपिट गरेको घटना सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

तीनजना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य पाँच जना फरार छन् ।

बराहाक्षेत्र नगरपालिका १० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले जानकारी दिए ।

राईका अनुसार घटनामा संलग्न रहेको आरोपमा १९ वर्षीया प्रिति लिम्बुलाई आइतबार राति पक्राउ गरिएको हो । प्रितिको समूहले १९ वर्षीया मनिषा राई, नाम नखुलेको १६ वर्षीया र १७ वर्षीया नाबालिगमाथि कुटपिट गरेका हुन् ।

प्रहरीका अनुसार सामान्य विवादमा उनीहरुबीच झडप भएको हो । कुटपिटमा संलग्न रहेका अन्य चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आरोपित लिम्बुमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमा लगिएको छ ।

https://www.facebook.com/purbelipress1/videos/1343852366482733

प्रतिक्रिया
सम्बन्धित समाचार