Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एक दिन मर्नुपर्छ !



  • बालेन शाह

हामी मनुष्यलाई एक दिन मर्नुपर्छ ,
कसैलाई याद हुँदैन,

दैनिक याद हुनु राम्रो कुरा पनि हैन ;
तर बिर्सिनु पनि त सही छैन …

एक दिन यो पाऊले धर्ती टेक्दैन,
एक दिन यो शरिरले हुरी छेक्दैन ,
एक दिन यो आखाले संसार देख्दैन ,
एक दिन हातले मनको कुरा लेख्दैन ,
ईतिहास लेख्छौँ, तर गल्ती मेट्दैन ,

एक दिन ,
हामी जती बिकाऊ भए पनि,
आत्माले आफु बेच्दैन !!

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो फेसबुकमा लेखेको यो कविता हामीले साभार गरेका हौं – सम्पादक

प्रतिक्रिया
सम्बन्धित समाचार