Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आइतबार रतुवामाईमा अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित हुने



विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा भोलि (आइतबार) अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा प्रवाह स्थगित रहने भएको छ । नगरपालिकाको १२ औँ नगरसभाको दोस्रो बैठक हुने भएकाले सेवा प्रवाह स्थगित हुने भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजलवटले एक सूचना जारी गर्दै उक्त जानकारी दिएका हुन् ।

नगरसभाको बैठक आइतबार रतुवामाई ८ स्थित दाम्राभिट्टा सामुदायिक भवनको हलमा बस्दैछ ।

May be an image of text that says 'रतुवामाई नगरपालिका नगर कार्यालय प.सं.: ०७१/८० च.नं. कोशी प्रदेश नेपाल नगको सिजवा, नेवाल कोशी देश, श्रीसरोकारवालाहरसबै, मिति: २०८०/०३/२९ विषय अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरिएको सम्बन्धमा। प्रस्तुत विषयमा यस र्तुवामाई नगरपालिकाको १२ औ नगरसभाको दोश्रो बैठक मिति २०८० साल असार ३१ गते आईतबारका दिन दाम्राभीट्टा सामुदायिक हल, र्तुवामाई-८ मा हुने भएको हुँदा (एक) दिनका लागि यस कार्यालयले प्रवाह गर्नें अत्यावश्यक सेवा देखि बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको व्यहोरा जानकारीका लागि अनुरोधछ। തa..... संजय बहादूर राजलवट प्रमुख प्रशासकीय अधिकृत'

प्रतिक्रिया
सम्बन्धित समाचार