Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

करेन्ट लागेर उदयपुरमा कर्मचारीको मृत्यु



विराटनगर : उदयपुरमा करेन्ट लागेर त्रियुगा नगरपालिकाका एक जना कर्मचारीको मृत्यु भएको छ । बुधबार दिउँसो सडक बत्ती बनाउने क्रममा करेन्ट लागेर ४० वर्षीय युवराज राईको मृत्यु भएको हो ।

त्रियुगा नगरपालिका ४ फर्सेटमा सडकबत्ती बनाउने क्रममा करेन्ट राईको मृत्यु भएको हो । सरेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो ।

राईको जिल्ला अस्पतालमै मृत्युको भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले बताए। घाइते राईलाई साथीले तत्काल उपचारको लागि जिल्ला अस्पताल पुर्‍याएका थिए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार