विराटनगर : पेशीमा राखिएको तेस्रो दिनपनि कोशी प्रदेश गठनका विषयलाई लिएर नेकपा एमाले संसदीय दलले हालेको मुद्धा हेर्न नभ्याइने सूचीमा राखिएको छ ।
एमालेले नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेको थियो ।
तर, आज तेस्रोपटक सुनुवाइ तोकिए पनि न्यायधीश तिलप्रसाद श्रेष्ठले हर्न नभ्याइने सूचीमा राखेका हुन् । उनको इजलासमा यो मुद्धा १४ औँ नम्बरमा रहेको थियो । उनले एउटमा मात्रै मुद्धा हेरेर बाहिरिएका हुन् ।
आइतबार र सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको मुद्धा हेर्न नभ्याउनेमा परेपछि आज श्रेष्ठको इजलासमा परेको थियो।
एमालेले रिटमा संविधानको धारा १६८ को उपधारा २ अनुसार निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ ।