Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ



विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ परेका छन् ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएका टोलीले लेखा अधिकृत शेखर ढकाललाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले उनलाई दुई लाख घुससहित रंगेहात पक्राउ गरेको जनाएको छ । ढकाललाई कार्यकक्षबाटै पक्राउ गरिएको हो ।

ढकालले नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको स्रोतले बताएको छ ।

उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार