विराटनगर : सुनसरीको इटहरी चोकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।
मंगलवार दिउँसो ३ बजे ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएपछि स्थानीयले विरोध जनाउँदै प्रदर्शन गरिरहेका छन् ।
प्रहरीका अनुसार मृत्युु हुने महिलाको पहिचान खुलिसकेको छैन् ।
टिपरको ठक्करबाट मृत्यु भएपछि अहिले इटहरी बजारको अवस्था तनावग्रस्त बनेको छ । स्थानीयबासीले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।
अहिले इटहरी चोकमा बाक्लो सुरक्षा फौज परिचालन गरि स्थिति नियन्त्रणमा लिने प्रयास गरिदै छ।