विराटनगर : जननेता मदन भण्डारीको ७२ औँ जन्मजयन्ती मूलुकभर बिभिन्न कार्यक्रम गरी मनाइएको छ । भण्डारीको ७२ औँ जन्मदिवशको अवसरमा नेपाल कम्युनिष्ट पार्टी एमाले र पार्टी निकट संघसस्थाहरुले जनचेतनामूलक एंम रचनात्मक कायहरु गरेका छन् ।
मोरङको रतुवामाई नगरपालिका वडा नम्वर १० स्थित भण्डारीको घर भएको स्थानमा वृक्षरोपण गर्दै दीप प्रज्जवलन गरिएको छ । बिहीबार नेकपा एमालेको आयोजनामा मदन ग्राममा वृक्षरोपण गर्दै भण्डारीको सम्झनामा दीप प्रज्जवलन गरिएका एमाले रतुवामाईका अध्यक्ष देवी दाहालले जानकारी दिए ।
यस्तै रतुवामाई ९ मा निर्माणाधीन मदन आश्रित स्मृति पार्कमा पनि वृक्षरोपण गरिएको छ ।
कार्यक्रममा रतुवामाई नगरपालिकाकी उपमेयर दमन्ता चुडालसहित एमाले नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । एमालेले यो स्थानमा हरेक वर्ष विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा बोल्दै उपमेयर चुडालले नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक विधिबाट अगाडि बढाउनका लागि स्वर्गीय मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तकै कारण नेपालमा कम्युनिष्ट पार्टी प्रतिको लोकप्रियता बढेको बताइन् ।