काठमाडौं । हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
रिटमा सार्वजनिक बिदा दिने निर्णय पर्याप्त अध्ययन नगरी हचुवाका भरमा आएको र यसले देशको अर्थतन्त्र धराशायी बनाउनुका साथै सबै क्षेत्रमा नकारात्मक प्रभाव पार्ने भन्दै अधिवक्ताहरू रामबहादुर शाही, सन्तोष भण्डारी, तेजकुमार लोहिया, त्रिलोकबहादुर चन्दले तथा अधिवक्ताद्वय डा. पुण्यप्रसाद खतिवडा र दिपकविक्रम मिश्रले फरक–फरक रिट दायर गरेका हुन् ।
रिटमा जेठ १ देखि कार्यान्वयनमा आएको सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को साे निर्णय खारेजीको माग गरिएको छ । सर्वोच्चले दुवै रिटमा मंगलबारका लागि पेसी तोकेको छ ।
हेर्नुहोस्, रिट निवेदनः-




