Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मदन जयन्तीको अवसरमा पथरीमा वृक्षरोपण



विराटनगर : नेकपा मालेका पूर्वमहासचिव मदनकुमार भण्डारीको ७२ औँ जन्मजयन्तीका अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

यसैबीच मोरङको पथरीशनिश्चरेमा पनि वृक्षरोपण गरिएको छ । भण्डारीको ७२ औँ जन्मजयन्तीका अवसरमा पथरीमा ७२ प्रजातीका विरुवा रोपिएको हो ।

नेकपा एमालेको आयोजनामा भएको वृक्षरोपण कार्यक्रममा पथरीमा नगर प्रमुख मोहनप्रसाद तुम्बापोले अमलाको वृक्ष रोपेर कार्यक्रमको उद्धाटन गरेका थिए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य युवराज बाँस्कोटा, पूर्वनगर प्रमुख दिलिपकुमार राई, प्रदेश कमिटी सदस्यद्वय देवराज भण्डारी, पर्शुराम मिश्र, जिल्ला सदस्य भगतचन्द्र थपलिया, यमुना विष्टलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार