विराटनगर : ताप्लेजुङको सिदिङवा – ६ स्थित मेलेको मुकुभञ्ज्याङमा बिहीबार विहान गएको पहिरोमा परी घाइेते भएका ४५ वर्षीय राजकुमार राईलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत विराटनगर ल्याइएको छ ।
सोही पहिरोमा परी एकाघरका ६७ वर्षीय केशरकुमार राई ३६ वर्षीय सुरेश राईको भने मृत्यु भएको छ ।
मृतक केशर र सुरेश बाबुछोरा हुन् । मृतक बाबु छोराको शबलाई पनि दाहासंस्कारका लागि हेलिकप्टर मार्फत झापा ल्याइने तयारी भइरहेको छ ।
त्यसैगरी सोही पालिकाको वडा नं ६ स्थित गौरीगाउँमा दुई दर्जन भन्दा बढी व्यक्तिहरु पहिरोको जोखिममा परेका र उनीहरुको उद्दारका लागि संयुक्त सुरक्षा टोली घटना स्थल तर्फ गएको प्रहरीले जनाएको छ । जोखिममा परेका मध्ये १०/१२ जनाको सङ्ख्या महिला, बालबालिका र वृद्धवृद्ध रहेको बताइएको छ ।