पाँचथर : पाँचथरकाे याङवरक- १ फेदीगाउँमा पहिरोमा फसेका तीन घरका १२ जनाकाे हेलिकाेप्टरबाट उद्धार गरिएको छ ।
उनीहरूलाई नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरी याङवरक १ च्याङथापुमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शनिबार देखिकाे वर्षाका कारण फेदीगाउँमा माथिबाट पहिरो बग्न थालेपछि जोखिम बढेको थियो ।
उद्धार गरिएका सबै जना पाँचथर याङवारकगाउँपालिका वडा नम्बर १ का छन् । ६० वर्षीय नरमाया गुरूङ, १६ वर्षीय सन्दिप गुरूङ, ९ वर्षीया हिमा गुरूङ, वर्ष ८० का कृष्ण बहादुर गुरूङ, वर्ष ६० कि डिक माया गुरूङ, वर्ष ३५ का काजुहाङ गुरूङ, ३ण् वर्षीया सुनिता गुरूङ, ४३ वर्षीय मन बहादुर गुरूङ, वर्ष ४४ कि मन कुमारी गुरूङ, १६ वर्षीया सुस्मा गुरूङ, ७० वर्षीय पदम बहादुर खालिङ र वर्ष ६८ कि मन माया खालिङलाई उद्धार गरिएको हो ।