Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङका एक युवकद्वारा आत्मदाहको प्रयास



विराटनगर : नागरिकता विधेयकको पक्षमा प्रदर्शन गरिरहेका मोरङका एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गरे पनि सर्वाेच्च अदालतले कार्यान्वय नगर्न आदेश दिएपछि प्रदर्शनमा उत्रिएका संघर्ष समितिका उपाध्यक्षसमेत रहेका निरज कामतले आत्मदाहको प्रयास गरेका हुन् ।

मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शनका क्रममा निरजले एक्कासि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको संघर्ष समितिमा अध्यक्ष इन्द्रजीत साफीले बताए ।

मोरङको कटहरी गाउँपालिकाका २५ वर्षीय निरजले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता सिताराम रिजालले बताए। उनलाई उपचारको लागि उनलाई ट्रमा सेन्टर लगिएको छ।

तस्बिर : सामाजिक सञ्जालबाट

प्रतिक्रिया
सम्बन्धित समाचार