Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

स्वर्गद्वारीमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु



विराटनगर : प्युठानको स्वर्गद्वारी नगरपालिका– ३ भ्यागुतेमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

स्वगद्वारी मन्दिर दर्शन गरेर फर्किँदै गरेको लु १ च ६३४५ नम्बरको जीप सोमबार दिउँसो दुर्घटना भएको स्वर्गद्वारी नगरपालिकाका प्रवक्ता सुरज सुनारले जानकारी दिए।

जीपमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिपमा २ महिला, २ पुरुष र ४ बालबालिका सवार थिए ।

जीप घुम्ती मोड्ने क्रममा सडकबाट करिब ३५ मिटर तल खसेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार