Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङको सुनवर्षीमा करेन्ट लागेर एक जनाको मृत्यु



विराटनगर : मोरङको सुनवर्षीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान सुनवर्षी नगरपालिका–५ मा करेन्ट लागेर ४७ वर्षीय लक्ष्मी सरदारको मृत्यु भएको हो ।

आफ्नै घर पछाडि रहेको रुखमा आँप झार्ने क्रममा अचानक बिजुलीको तारमा छुन पुक्दा उनी करेन्ट लागेर घाइते भएकी थिइन् ।

घाइते सरदारको उपचारको लागि रंगेली अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार