विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा शीतल जल वितरण शुर भएको छ । पछिल्लो समय अत्यधिक गर्मी बढेसँगै विराट व्यापार संघले आजबाट असार १ गतेसम्म शीतल जल वितरण कार्यक्रम शुरु गरेको हो ।
१० दिनसम्म चल्ने अभियानको पहिलो दिन करिब तीन हजार जनालाई शीतल पानी र सर्वत पानी वितरण गरिएको संघका वरिष्ठ उपाध्यक्ष प्रमोद जिङ्दलले बताए ।
उनका अनुसार विराट व्यापार संघले शनि मन्दिर र विजुली अफिस छेउमा निःशुल्क पानी वितरण गर्न शुरु गरेको छ ।
विराटनगरमा अत्यधिक गर्मी बढेका कारण सर्वसाधरणलाई राहत होस भनी पानी वितरण गरेको उनले बताए ।