काठमाडौँ : सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपेयाँ बजेट विनियोजन गरेको छ।
संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यो कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजाने पनि बताए ।
यस्तै, सरकारले कृषि क्षेत्रको आधुनिकीरण र व्यवसायीककरणका कार्यक्रमलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।