काठमाडौं : सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे सञ्चार तथा सूचना, प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् । कैलालीको टीकापुर घटनामा चौधरीले जन्मकैदको सजाय भोगिरहेका छन् ।
२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा एक बालकसहित ८ जनाको ज्यान गएको थियो । चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् ।