Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको लोगो सार्वजनिक



विराटनगर : विराटनगर महानगरपालिकाले आफ्नो पहिचान दिलाउने छुट्टै लोगो र्सावजनिक गरेको छ । बिहीबार साँझ एक कार्यक्रमका बीच महानगरले जनप्रतिनिधिको कार्यभार एक वर्ष पूरा भएको अवसरमा लागो सार्वजनिक गरेको हो ।

महानगरपालिकाले लोगो बनाउनका लागि सार्वजनिक सूचना आह्वान गरेर सर्वसाधारणबाट ‘डिजाइन’ माग गरेको थियो । उक्त सूचनाका आधारमा १५८ जनाले पठाएको लोगोमध्ये नरकुमार श्रेष्ठको डिजाइन छनोट गरिएको हो ।

उपमेयर शिल्पा निराला कार्कीको संयोकत्वमा गठित चार सदस्यीय समितिले श्रेष्ठको डिजाइन छनोट गरेका हुन् ।

श्रेष्ठले डिजाइन गरेको लोगोमा नेपालको नक्सा, विराटनगरमा भएका विभिन्न राजीनिक आन्दोलनको चित्र, विराट राजाको दरबार, राधाकृष्ण रथयात्रा, विमानस्थललगायत विराटनगरलाई चिनाउने संकेत समेटिएको छ ।

लोगो डिजाईन गरेका श्रेष्ठले एक लाख रूपैया पारिश्रमिक प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार