Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



विराटनगर : मोरङको विराटनगर महानगरपालिका ७ पिपल चोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार राती साढे ११ बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बा. ७६ प ७८४६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित दुर्घटना हुँदा मोरङको कटहरी गाँउपालिका २ का २७ वर्षीय सागर भगतको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनको मोटरसाइकल अनियन्त्रित भई स्थानीय दयाराम सिलवालको घरको कम्पाउण्ड वालमा ठोक्किएको थियो । दुर्घटनामा परी घाइते भएका उनको उपचारको क्रममा रेडक्रस अस्पताल विराटनगरमा सोमबार बिहान मृत्यु भएको हो ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार