Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

झापामा पोथी हात्ती मृत भेटियो



झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वनको हाताभित्र सोमबार बिहान मृत अवस्थामा फेला परेको पोथी हात्ती (ढोइ)। तस्बिरः सन्तोष शर्मा/ रासस

झापा : बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ।

सोमबार बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको जानकारी दिए।

हात्ती मृत फेला परेको स्थानमा विद्युतीय तारबार छैन। हात्ती मर्नुको कारण खोजी भइरहेको जनाएको छ।

झापामा चालु आर्थिक वर्षमा योसहित दुई हात्ती मरेका छन्। हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार