उदयपुर : टिफरको ठक्करबाट चार वर्षीया वालिकाको मृत्यु भएपछि उदयपुरको बेलका नगरपालिका ४ लालबजार तनावग्रस्त बनेको छ ।
शुक्रबार मदन भण्डारी राजमार्गको चतरापुल–बेल्टार खण्डमा निर्माण समाग्री ढुवानी गर्ने प्रदेश नंं २–०३ ख ४३०९ नम्बरको टिपरले स्थानीय ४ वर्षीय एन्जिला राना मगरको मृत्यु भएको थियो ।
टिपरको ठक्करबाठ बालिकाको मृत्यु भएपछि स्थान्ीय आन्दोलिन बनेका छन् । आक्रोशित बनेका उनीहरुले राजमार्गमा चल्ने २ वटा टिपर र बेलका नगरपालिकाको पानी बोक्ने ट्याक्टरमा आगजनी गरेका छन् ।
स्थानीय टिपर र ट्याक्टरमा आगजनी गरेपछि आगो निभाउन आएको चौदण्डीगढी नगरपालिकाको बारुण यन्त्रमा समेत तोडफोड गरेका छन् । दमकलमा स्थानीयले तोडफोड गरेपछि उक्त दमकल आगो ननिभाई फर्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनामस्थाल पुगेको प्रहरी टोलीमाथी समेत उनीहरुले आक्रमण गर्न थालेपछि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले टिपर र चालकलाई नियन्त्रण लिएको छ ।