Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पाँच महिनामा दुई लाख विदेशी पर्यटक भित्रिए



File - Tourists arriving in Nepal, at Tribhuvan International Airport in Kathmandu, on March 12, 2017. Photo: THT

काठमाडौं । सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार पाँच महिनामा एक लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका हुन् ।
पछिल्लो मे महिनामा ५३ हजार ६०८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो अप्रिल महिनामा ५८ हजार ३८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ को तुलनामा पर्यटक आगमन करिब ७५ प्रतिशतले ‘रिकभर’ भएको बताए । उनले पर्यटक बढोत्तरीमा बंगलादेश र युरोपको भूमिका सकारात्मक देखिएको उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार