विराटनगर : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पुरी सम्मानित भएका छन् । पुरीलाई संखुवासभाको खाँदबारीमा आयोजित कार्यक्रममा तीन संस्थाले सम्मान गरेका हुन् ।
मकालु साहित्यिक समाज खाँदबारी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) संखुवासभा र हिमालय माध्यमिक विद्यालयको २०४२ सालको एसएलसी ब्याचले पुरीलाई सम्मान गरेको हो ।
यस्तै पुरीद्वारा लिखित पुस्तक ‘खाली खुट्टा’को समेत चर्चा गरिएको छ । कार्यक्रममा साहित्यकार टिका आत्रेय, खगेश्वर घिमिरे र मकालु साहित्यिक समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले पनि पुस्तकबारे आ–आफ्ना धारणा राखेका थिए ।