Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धरानका मेयर हर्क साम्पाङविरुद्ध सुनसरीका पत्रकारको मौन जुलुस



विराटनगर : धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) विरुद्ध सुनसरीका पत्रकारहरुले मौन जुलुस प्रदर्शन गरेका छन् । सोमबार उनीहरुले उपमहानगरपालिका अगाडी भेला भएर उनीहरुले मौन जुलुस प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका पत्रकारहरुले प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाको माग गरेका छन् । धरानको भानु चोकबाट सुरु भएको मौन जुलुस कलेज रोड, छाता चोक हुँदै उपमहानगरपालिका गेट अगाडि पुगेर कोण सभामा परिणत भएको थियो ।

उनीहरुले प्रेस स्वतन्त्रता कायम गर, स्वतन्त्रपूर्वक लेख्न र बोल्न देऊ, तिमि शासक कि जनप्रतिनिधि ? हामी यसको जवाफ पाउँछौ कि, लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।

मेयर साम्पाङले पत्रकारहरुलाई दिएको धाकधम्किले पत्रकारहरू असुरक्षित भएकाले त्यसको विरुद्धमा मौन जुलुस निकालिएको उनीहरुले बताएका छन् ।

मेयर साम्पाङले नेपाल पत्रकार महासंघ सुनसरीका पुर्ब अध्यक्ष केशव घिमिरे, पत्रकार खिलानाथ विकलगायतलाई धम्की दिएर प्रेस स्वतन्त्रताविरुद्ध अभिव्यक्ति दिएको आरोप लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार