Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

टोपबहादुर रायमाझी पक्राउ



काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौबाटै पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रहरीले सांसद रायमाझीविरुद्ध वैशाख २१ गते पक्राउ पुर्जी जारी गरेको थियो । एक कार्यक्रममा सहभागी हुन सभामुख देवराज घिमिरेसँगै गृह जिल्ला अर्घाखाँची पुगेका सांसद रायमाझी वैशाख २० गते साँझ हवाइजहाजमार्फत काठमाडौं आउन लागेका थिए । पक्राउ पर्ने सम्भावना बढेपछि अन्तिम समयमा टिकट रद्द गरेर उनी फरार भएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार