Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

धनकुटाबाट ५ सय किलो गाँजा बरामद



विराटनगर : धनकुटाबाट प्रहरीले ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ । शुक्रबार बिहान धनकुटा नगरपालिका–९ मुलघाटबाट प्रहरीले करिब ५ सय किलोग्राम गाँजा बरामद गरेको हो ।

धनकुटा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले प्रहरी चौकी मुलघाटको टोलीले धरानतर्फ लैजाँदै गरिएको को १ ख ३३६७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ठूलो परिणामको गाँजा बरामद गरेको जानकारी दिए। उक्त गाँजा १७ वटा बोरामा ‘प्याक’ गरिएको थियो ।

शंका लागेपछि प्रहरीले मिनी ट्रकलाई रोकेर चेक गरेको थियो । सो क्रममा एकजना प्रहरी घाइते भएका छन् । प्रहरी सहायक हवल्दार शेरबहादुर तामाङ मिनी ट्रकमाथि चढेर चेकजाँच गर्दै गर्दा चालकले गाडी भगाउन खोजेपछि उनी लडेर घाइते भएका हुन् । उनको देव्रे खुटमा चोट लागेको छ ।

चालक भने ट्रक छाडेर फरार छन् । उनको खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार