विराटनगर : मोरङको रङ्गेलीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। बुधबार रङ्गेली नगरपालिका–५ धनापट्टीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार ५० वर्षीय मानकी मृत्यु भएको हो।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा भएको हो । उनी छोराले चलाएको मोटरसाइकलमा सवार थिइन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी मानकी देवीको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै २९ वर्षीय छोरा दिनेशकुमार साहले उपचारका लागि आमालाई अस्पताल लगेका थिए।
आमाको मृत्यु भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा राखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको खुलेको छ ।