Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा टिपरको ठक्करबाट उदयपुरका चन्द्रकान्त काफ्लेको घटनास्थलमै मृत्यु



विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बुधबार दिउँसो ग्रामथान ६ नेता चोकमा बा. प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट स्कुटर चालक उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार प्रदेश १-०५-००१ प ३८६० नम्बरको स्कुटरमा विराट चोकबाट विराटनगर जाँदै काफ्लेलाई सोही दिशातर्फ गइरहेको टिपरले ठक्कर दिएको थियो ।

मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले टिपर ओभर स्पिड भएकाले दुर्घटना भएको बताए । उनका अनुसार टिपर चालक फरार छन् ।

प्रहरीले टिपर चालकको खोजी कार्य तीव्र बनाएको जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै नेताचोकमा तनाव उत्पन्न भएको छ । दुर्घटनास्थलमा स्थानीयको भीड लागेको छ। टिपरका चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोसित बनेका स्थानीयको अवरोधका कारण विराटनगर-विराटचोक सडकखण्डमा सवारी आवागमन प्रभावित बनेको छ।

आक्रोसित भीडले ढुंगामुडा गर्दै टिपरमा तोडफोड गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तोडफोडबाट टिपरमा क्षति पुगेको छ। सम्झाईबुझाई गरेर जम्मा भएको भीडलाई घटनास्थलबाट हटाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी (प्रहरी नायव उपरीक्षक) रन्जनकुमार दाहालले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार