Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मकवानपुरको सामरी खोलामा बलियो तटबन्ध निर्माण गर्न एमाले सचेतक बर्तौलाको माग



विराटनगर : नेकपा एमालेका सचेतक महेश बर्तौलाले मकवानपुरमा बर्खा लागेसँगै बाढीको समस्या उत्पन्न हुने भन्दै समयमै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बर्तौलाले मकवानपुर गढीका जनताहरु सामरी खोला बढेसंगै चिन्तित भएको भन्दै खोलामा बलियो तटबन्धनको लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस्तै उनले हेटौंडाको लालझाडी देखि त्रीबेणी धाम हुँदै मनहरीको लोथरसम्म राप्ती नदि नियन्त्रणको लागि बृहत गुरु योजना बनेर पनि काम नभएको बताए ।

उनले मातातिर्थ देउराली चखेल बाटोको ४ पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेको र जेष्ठमा चौथो पटक थपिएको म्याद सकिने भएकाले चाडै निर्माण सक्न सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार